पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको ज्यान गयो, १४ जना घाइते

 भदौ १७, २०८० आइतबार ११:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ - काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् ।

बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको  बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको ज्यान गएको हो ।

प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया