एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मङ्गलवार प्रधानमन्त्रीले काठमाण्डौको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गर्नुभएको हो ।
बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइटका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र त्यसका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुने गरी निर्णय गरिने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय सरकार काठमाण्डौ उपत्यकालगायत देशभरिको फोहर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिने गरी निर्णय लिन्छौँ ।’
प्रधानमन्त्रीले फोहर व्यवस्थापन सङ्घीय, प्रादेशिक र पालिका सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि गृहकार्य गर्नसमेत निर्देशन दिनुभयो ।
प्रचण्डले आमन्त्रण गर्नुभएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधि उपस्थित थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।