एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आज बुधवारदेखि अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।
अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि लागू हुने गरी अनलाइन टिकटको व्यवस्था शुरु गरेको हो । यस्तै अस्पतालले एउटा बिलिङ र एउटा टिकट काउन्टरसमेत थप गरेको छ । अस्पतालले फार्मेसी काउन्टर पनि थपेको छ ।
अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ चार सय ५० शय्या निःशुल्क गरेको बताउनुभयो । प्रसूति अस्पतालमा गएको आर्थिक वर्ष ३४ हजार एक सय ८५ जना बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार नाै सय ४७ र स्त्रीरोगतर्फ पाँच हजार ४६ जना रहेका छन् । एक वर्षमा २४ हजार नाै सय १५ जना शिशु जन्मिएका छन् ।
अस्पतालबाट एक वर्षमा एक लाख ८० हजार आठ सय ९० जना महिलाले बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार सात सय ७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्त्रीरोग अस्पताल २०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्यासहित शुरु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।