गाई गोरु, राँगा र भैँसीको सङ्ख्या घट्यो : सुँगुर/बङ्गुर, बाख्रा/च्याङ्ग्रा बढे

 भदौ २१, २०८० बिहीबार १४:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो कृषि गणना २०७८ अनुसार नेपालमा ३४ लाख पाँच हजार अर्थात् ८२ प्रतिशत किसान परिवारले पशुचौपाया पालेको पाइएको छ ।

२०७८ को तथ्याङ्कअनुसार गाईगोरु पाल्ने किसान परिवारको सङ्ख्या १७ लाख आठ हजार छ भने उनीहरूले पालेका गाईगोरूको सङ्ख्या ४५ लाख ५९ हजार छ । तर २०६८ अनुसार २२ लाख ८१ हजार किसानले पालेका गाईगोरुको सङ्ख्या ६४ लाख ३० हजार थियो । त्यस्तै नेपालमा राँगा र भैँसीको सङ्ख्या २९ लाख २३ हजार छ । विगतमा ३१ लाख ७४ हजार रहेको थियो ।

केन्द्रीय तथ्याङ्क कार्यालयले आज बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना–२०७८ को विवरणअनुसार १० वर्षमा राँगा र भैँसीको सङ्ख्या दुई लाख ५१ हजारले घटेको हो ।

कृषि गणना २०४८ र २०७८ को अवधिमा बाख्रा/च्याङ्ग्राको सङ्ख्या डेढ गुणाभन्दा धेरैले बढेर एक करोड ४२ लाख ४२ हजार पुगेको छ । सुँगुर/बङ्गुरको सङ्ख्या पनि झन्डै दोब्बरले बढेर १३ लाख ५८ हजार पुगेको छ । तर भेडाको सङ्ख्या छ लाख तीन हजारबाट घटेर चार लाख ७८ हजार भएको छ ।

कृषि गणना २०६८ अनुसार बाख्रा/च्याङ्ग्राको सङ्ख्या एक करोड नाै लाख ९० हजार, सुँगुर/बङ्गुरको सङ्ख्या आठ लाख १९ हजार थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया