एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै भुक्तानी पनि शुरु भएको हो ।
भारतको मुम्बईमा भएको ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक शुरुवात गरेका हुन् । अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबारसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
अब भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ । नेपाल र भारतका लाखौँ नागरिक एकअर्का देशमा आउजाउ गर्दा नगद बोक्नुपर्ने झन्झटमा थिए । तर अब भने त्यो झन्झटकाे अन्त्य भएको छ ।
भुक्तानीको शुरुवातपछि फोन पेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुवै देशका नागरिकको हितका लागि यो सम्झौता निकै महत्त्वपूर्ण रहेको र दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । यस्तै एनपीसीआईले फोन पेसँगको यस साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको रूपान्तरणको यो यात्रा शुरु गर्न पाउँदा धेरै उत्साहित भएको जनाएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग क्रसबोर्डर भुक्तानीका लागि सम्झौता भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।