भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

 भदौ २१, २०८० बिहीबार २०:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ ।

भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए पनि यसको लाभ भरतपुरले लिइरहेको उहाँको भनाइ छ ।

दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो । पवित्र तीर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी तीन वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । भरतपुर–२९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाइडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

मेयर दाहालले हरियाली प्रवर्धनका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँभन्दा धेरै विनियोजन गरेकाले बनेको सडकमा साैन्दर्यकरण गर्न महानगरले बिरुवा उपलब्ध गराउने बताउनुभयो । भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उहाँको विश्वास छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया