कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश : बजेट शून्यताको अवस्था हट्यो

 भदौ २४, २०८० आइतबार १०:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो ।

सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गर्नुभएको हो । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी प्रदेशमा बजेट शून्यता थियो ।

बजेट शून्यताले प्रदेशभरिका मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, यातायात व्यवस्था कार्यालयमा गाडी दर्ता, नवीकरण, साना उद्योग दर्ता, मनोरञ्जन, विज्ञापन र दहत्तरबहत्तर (गिट्टी, बालुवा) कर सङ्कलन प्रभावित भएको थियो । यो अध्यादेशपछि बजेट शून्यको अवस्था सकिएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया