पाेखराकाे लामाचाैरमा भदाै २९ देखि असाेज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियाेगिता

 भदौ २४, २०८० आइतबार १९:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पाेखराको लामाचौरमा यही भदाै २९ देखि असाेज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियाेगिता हुने भएकाे छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने ‘लामाचौर कप’ प्रतियोगितामा महिलातर्फ चार वटा क्लबले सहभागिता जनाउने छन् । लिग रोबिनका आधारमा खेलाइने प्रतियोगितामा काठमाण्डाैकाे न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेस्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

पुरुषतर्फ भने पाँच वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । बुटवलको मणिमुकुन्द भलिबल क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिबल क्लब बाग्लुङ र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने छ । दुवै प्रतिस्पर्धा लिगको आधारमा खेलाइने छ । महिलातर्फ प्रतियाेगिता लिग रोबिनका आधारमा हुने छ भने पुरुषतर्फ अङ्कको आधारमा शीर्ष दुईमा पुग्ने टोलीबीच फाइनल प्रतिस्पर्धा हुने समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिनुभयाे ।

प्रतियोगिताकाे विजेताले एक लाख ५० हजार एक सय ११ रुपैयाँ पाउने अध्यक्ष भण्डारीले बताउनुभयाे । यस्तै उपविजेताले एक लाख एक सय ११ र तेस्रो हुनेले ५० हजार एक सय ११ रुपैयाँ पाउने छन् ।

सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगिता पोखरा–१९ लामाचौरमा रहेकाे इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा हुने छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया