परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
बैतडी - अविरल वर्षाका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । हिजाे आइतवार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
ढुङ्गा फुटाउन बझाङबाट मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'ठूलो ढुङ्गा फुटाउन नसक्दा गाडी बीच बाटाैमै राेकिएका छन् ।'
आइतवारदेखि याे राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडक खण्डको गुरुखोला नजिक रुख खस्दा सडक अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध भएकाे प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
राजमार्ग अवरुद्ध भएर गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिवारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।