एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने

 भदौ २६, २०८० मंगलबार १२:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।  बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली  सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया