लाइन काटिएको उद्योगमा प्राधिकरणले बिजुली जोड्ने

 पुष २७, २०८० शुक्रबार १७:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणलले बिजुली आपूर्ति बन्द गरेका २३ वटा उद्योगमा फेरि बिजुली जोड्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट बिजुल उपभोग गरेका तर त्यसबापत प्रिमियम महसुल नतिरेका २४ वटा उद्योगको बिजुली आपूर्ति बन्द गरेको थियो । तर सरकारको निर्देशनपछि महसुल नतिरिकनै लाइन जोड्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको बिजुली लाइन फेरि सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न शुरु गरेपछि लाइन जाडिएको थियो ।

मन्त्रिपरिषद्को अस्तिकाे बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव र उद्योग सचिव सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया