सामाजिक सुरक्षा दिवसको अवसरमा दुई योगदानकर्ताका परिवारलाई सुविधा

 मंसिर ११, २०७६ बुधबार १४:१५:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि ज्यान गुमाएका दुई योगदानकर्ताका परिवारले कोषबाट सेवा पाएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले योगदानकर्ताका परिवारलाई एकमुष्ट रकम बराबरको चेक प्रदान गर्नुभयो ।

योगदानकर्ता काभ्रेका प्रकाश मोक्तानका बुवा बिमानसिंह मोक्तान र आमा धनमाया मोक्तानलाई एकमुष्ट ४५ हजार ७ सय ४० रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । यस्तै मकवानपुरका रुपेन्द्र थापाकी श्रीमती सुष्मिता क्षेत्रीलाई ५९ हजार ७ सय ७० रूपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

योगदानकर्ताका आश्रित परिवारले आजीवन निवृत्तिभरण पनि पाउनेछन् ।

प्रकाशका बुवाआमाले निवृत्तिभरण स्वरुप महिनाको दश हजार दुई सय र रुपेन्द्र थापाकी श्रीमतीले महिनाको १७ हजार रुपैयाँ पाउने कोषले जनाएको छ । प्रकाश काठमाण्डौको एउटा क्याफेमा काम गर्नुहुन्थ्यो भने रुपेन्द्र इन्जिनियर हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया