आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 माघ १२, २०७६ आइतबार १०:२०:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३५ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

 मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ पैसा १७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ । 
 

तपाईको प्रतिक्रिया