फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

 फागुन १५, २०७६ बिहिबार १७:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगेकाे आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले रुपन्देही घर भइ काठमाण्डाै तारकेश्वर नगरपालिका-१९, मनमैजु बस्ने पूर्णिमा श्रीषलाई ठगीकाे आराेपमा पक्राउ गरिएकाे हाे।

श्रीषले आकर्षक तलबकाे प्रलोभन देखाउँदै फ्रान्स पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । रकम ठगी गरेर भागेपछि पीडित शीरबहादुर थापाले गएको माघ २८ गते उजुरी दिनुभएको थियो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पूर्णिमालाई मनमैजुबाटै पक्राउ गरेको हो । पक्राउ परेकी पूर्णिमालाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डाैमा पठाइएको महाशाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया