यस वर्षकाे ‘प्रकाश मानव अधिकार पुरस्कार’ पूर्णिमाया लामालाई

 साउन १४, २०८१ सोमबार १८:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेकाे नमोबुद्ध नगरपालिका–९ दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्णय गरेको छ ।

इन्सेक कार्यसमितिको यही साउन ७ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशका आधारमा पूर्णिमाया लामालाई ३० औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एअर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गरिँदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुनलगायत २९ जना सम्मानित भइसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको प्रमुख आतिथ्यमा पर्सि बुधवार ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रमकाबीच लामालाई सम्मान गर्ने कार्यक्रम रहेको इन्सेकले जनाएको छ । उहाँले सम्मानपत्रसहित ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया