खोटाङको खार्मीमा अवरुद्ध भएको चार दिनपछि बिजुली बल्यो

 साउन १९, २०८१ शनिबार १५:५:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – खार्मीमा अवरुद्ध भएको चार दिनपछि बल्ल बिजुली बलेको छ । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको हो । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो ।

खार्मीको सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० वटा घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिनुभयो । अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर एक सय २५ रुपैयाँका दरले रकम सङ्कलन गरेर १० हजार रुपैयाँमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया