बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासको आग्रह

 साउन २१, २०८१ सोमबार १५:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बङ्गलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ ।

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बङ्गलादेश सरकारबाट अहिले अनिश्चितकालीन कर्फ्यु आदेशसमेत जारी भइरहेकाले बङ्गलादेशमा रहेका सबै नेपालीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको हो । बङ्गलादेशमा अध्ययनरत धेरै नेपाली विद्यार्थी नेपाल फर्किसकेको र बाँकी रहेका झन्डै चार सय जना विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।

नेपालीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ । नेपाल फर्किन चाहने विद्यार्थी तथा सबै नेपालीले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासको आग्रह  छ ।

आवश्यक समन्वयका लागि राजदूतावासका द्वितीय सचिव योजना बम्जनलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया