डेङ्गी सङ्क्रमणबाट तनहुँमा एक जनाको ज्यान गयो

 साउन २२, २०८१ मंगलबार १२:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – डेङ्गी सङ्क्रमणबाट एक जना पुरुषको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको ज्यान गएको हो । यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । ज्यान गएको घटना भने यो पहिलो हो ।

मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिनुभयो । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी काठमाण्डौमा २ सय ८७ जना डेङ्गीका बिरामी छन् । निरन्तरको झरीले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया