लेबनानको राजधानी बेरुतमा भएको इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिए

 असोज ५, २०८१ शनिबार ६:२५:१७ | एजेन्सी
unn.prixa.net

एजेन्सी

लेबनानको राजधानी बेरुतमा हिजो भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् । इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा धेरै मिसाइल प्रहार गरेको थियो ।

रिपोर्ट अनुसार आक्रमणका घटनामा हिजबुल्लाहका शीर्ष कमाण्डरसहित १५ जना मारिएका छन् । मारिनेमा हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम अकिल पनि रहेका रिपोर्टलाई उदृत गरी बीबीसीले जनाएको छ ।

हिजबुल्लाहले पनि इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको छ । इजरायलले पनि उनी स्ट्राइकमा मारिएको जनाएको छ । यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया