गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

 साउन २२, २०८१ मंगलबार १२:४९:४७ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो ।

पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते हुनुभएको छ । उहाँहरू दुई जनाको स्थानीयवासीले उद्धार गरेका थिए । अहिले उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट टोली घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालय पनि टोली घटनास्थलतर्फ लागेको छ ।

गुल्मीलगायत देशभर गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया