ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई त्यतिकै फर्काउन नहुने बताउनुभएको हो । उहाँले केही अस्पतालले आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई आर्थिक अभावका कारणले उपचार नगरेको गुनासो आएको भन्दै उपचार गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले ती अस्पतालको आकस्मिक कक्षमा उपचार नभए मात्र अन्यत्र पठाउन आग्रह गर्नुभयो ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा उल्लेख गर्दै आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरेको छ । जनस्वास्थ्य ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपत्कालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।