मोहन मैनालीकाे ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार, प्रा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री सम्मान

 भदौ १४, २०८१ शुक्रबार १२:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार पत्रकार एवम् लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ ले पाएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

मैनालीको यो पाँचौं पुस्तक हो । यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।

यसअघि गुठीले पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको थियाे । जसमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप (कथासङ्ग्रह), जीवन क्षेत्रीको नुन–तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र सङ्ग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए ।

यस्तै बैठकले यस वर्षको जगदम्बा–श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ ।

गुठीले मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा–श्री २०४५ सालदेखि प्रदान गर्दै आएको छ । नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा–श्री सम्मान अर्पण गरिन्छ । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ । पुरस्कार आउँदो असोजमा वितरण हुनेछ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो । २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया