छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू

 भदौ १५, २०८१ शनिबार ९:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू भएको छ । नेपाल फिल्म क्याम्पसमा हिजोदेखि शुरू भएको महोत्सव यही २० गतेसम्म चल्नेछ । नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव आयोजना गरिएको निर्देशक प्रभाकर न्यौपानेले बताउनुभयो ।

कार्यक्रमले विद्यालयमा पढ्ने विद्यार्थीको प्रतिभा प्रस्फुटनसहित मञ्च प्रदान गर्न सहयोग गर्ने र आउँदा दिनमा यसको निरन्तरताका लागि प्रयास गरिने पनि उहाँले बताउनुभयो । छुनुमुनुले अहिलेसम्म देशभरिका २८ बढी विद्यालयमा अध्ययनरत झण्डै तीन हजार बढी विद्यार्थीलाई रङ्गमञ्च र अभिनयसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आएको छ ।

भारतका नाटक विद्यालय चार, नेपालको आठमध्ये उपत्यका बाहिरका दुई वटा, सामुदायिक एउटा र पाँच वटा संस्थागत विद्यालयका विद्यार्थीले नाटक मञ्चन गर्नेछन् । महोत्सवमा झण्डै १० वटा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया