पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, महाकाली नदीमा बाढी

 भदौ २९, २०८१ शनिबार ६:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी पर्न कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिममा भने आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।

गएरातिदेखि नै पानी पर्न कम भए पनि महाकाली नदीमा भने बाढी उस्तै छ । महाकाली नदी अन्तर्गत डडेलधुराको जोगबुढा वर्षामापन केन्द्रमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सयभन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग र केआई सिंह राजमार्ग अबरुद्ध भएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया