३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिबाना

 असोज ७, २०८१ सोमबार १६:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बाेतलकाे पानी) बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे हाे ।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियाे । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो । रेस्टुरेन्टले अब पनि अङ्कित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने उहाँकाे भनाइ छ ।

महानिर्देशक पाैडेलले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनका लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख दिनुभयाे । काठमाण्डाै उपत्यकासहित देशभर पालिकामार्फत बजार अनुगमनलाई तीव्र पारिएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया