काठमाण्डाै महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ

 असोज ७, २०८१ सोमबार १५:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ ।

महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएका र मैला देखिएका ठाउँहरूको सफाइ गर्ने गरिएको महानगरले जनाएको छ ।

यस्तै महानगरले बितेका २ महिनामा ४ वटा पोखरीको पुनरुत्थान र सौन्दर्यीकरण गरिएको महानगरले जनाएको छ । पुनरुत्थान र सौन्दर्यीकरणका लागि झन्डै ३२ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरका अनुसार ७ वटा ठाउँका ढुङ्गेधाराहरू मर्मत तथा पुनर्निर्माणका लागि सम्झौता चरणमा छन् । यस्तै नापी नक्सा तथा मालपोत स्रेस्ताबाट धाराको क्षेत्रफल यकिन गरेर साविक क्षेत्रफलबाट मिचिएको जग्गा फिर्ता लिने प्रयास भइरहेको महानगरले जनाएको छ ।

ऐतिहासिक लुहिटी (सुन्धारा) केन्द्र सरकारको कार्यक्रमअन्तर्गत परेका कारण प्रक्रिया अघि बढाउन नसकेको महानगरको भनाइ छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया