जुवा खेलाउने चिनियाँ नागरिकसहित ७ जना बौद्धबाट पक्राउ

 असोज ७, २०८१ सोमबार १५:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रहरीले काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट जुवा खेलाउने चिनियाँ नागरिकसहित सात जनालाई पक्राउ गरेको छ । बौद्धमा रहेको पुष्पा लामाको घरको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा चिनियाँ, भारतीय र नेपाली नागरिक गरी सात जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जुवा खेलाउने चीनको सिचुवान प्रान्त घर भएका ४५ वर्षीय विई चुनलिन, चीनको तिब्बतको आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतको ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतको सिगाचे घर भएका २७ वर्षीय दासाङ, भारतको बिहार घर भएका जाम्पा खेदुप रहेका छन् । यस्तै काठमाण्डौ महानगरपालिका–६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी घर भई काठमाण्डौ–६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामालाई पनि पक्राउ परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट जुवा खेल्ने उपकरण एक थान, १२ लाख एक हजार रुपैयाँ, तीन हजार एक सय चिनिया युआन, दुई हजार अमेरिकी डलर र विभिन्न कम्पनीको मोबाइल सात थान बराबद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया