पाेखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ताकाे प्रदर्शन

 असोज ७, २०८१ सोमबार १८:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखरामा सहकारी पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यस्तै रास्वपा कार्यकर्ताले भने सरकारले सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड रुपैयाँ आएको देखिएको बताएको छ । समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक छविलाल जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारबाही गर्न सिफारिश गरेको थियो । त्यही सिफारिशका आधारमा जोशी भने पक्राउ परिसकेका छन् । उनलाई जिल्ला अदालतले अनुसन्धान गर्न ५ दिनको समय दिएको छ ।

सहकारी बचत रकम अपचलन प्रकरणमा हिजो काठमाण्डौबाट पक्राउ परेका जोशीलाई लगत्तै कास्की लगिएको थियो ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया