भारतमा चन्द्रयान–४ मिसनका लागि साढे २१ अर्ब भारु विनियोजन

 असोज ७, २०८१ सोमबार १८:३०:२६ | एजेन्सी
unn.prixa.net

गएकाे वर्ष चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण भएकाे थियाे । तस्वीर : इसराे

भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ । दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ का बीचमा सञ्चालन गरेको मिसनले चन्द्रमाबाट नमूना ल्याएको थियो । यस्तै सोभियत सङ्घले १९७० को दशकमा र चीनले २०२० मा चन्द्रमाबाट नमूना ल्याएका थिए । अमेरिकाले ल्याएको नमूना झन्डै तीन अर्ब ६० करोड वर्ष पुरानो भएको पत्ता लागेको छ । भारतसँगै रुस र जापानले पनि चाँडै चन्द्रमाबाट नमूना ल्याउने गरी काम गरिरहेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया