अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीकाे भेट

 असोज ११, २०८१ शुक्रबार १५:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।

महासभामा भाग लिन आएका पाहुनाका लागि राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीले उहाँसँग भेट गर्नुभयो । ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्वागत समारोहमा सहभागी हुनुहुन्थ्यो ।

ओलीले गएराति महासभालाई सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसअघि उहाँले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओलीसँग हिजो चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल गएको असोज ४ गते शुक्रवार न्युर्योक प्रस्थान गरेको थियो । नेपाली टोली आउँदो १४ गते स्वदेश फर्कने तालिका छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया