इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरूमध्ये झन्डै आधाले कार्यस्थलमा दुर्व्यवहार भोग्नुपरेको एउटा अध्ययनले देखाएको छ ।
शक्ति समूहले देशका तीन वटा शहर काठमाण्डौ, पोखरा र इटहरीमा गरेको अध्ययनमा संलग्नमध्ये ४६ प्रतिशतले कार्यस्थलमा कुनै न कुनै प्रकारको दुर्व्यवहार अनुभव गरेको बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३० प्रतिशतले यौजनजन्य हिंसा सहनुपरेको पाइएको छ ।
तीन वटा शहरका गरी पाँच सय सात जना अध्ययनमा सहभागी थिए । सबैभन्दा धेरै पोखराका कामदारहरूमध्ये ६९ प्रतिशतले दुर्व्यवहार भोग्नुपरेको बताएका छन् । यस्तै काठमाण्डौमा ४५ र इटहरीमा २३ प्रतिशतले समस्या भोगेको बताएका छन् ।
क्षेत्र विशेषमा डान्सबारका ७३, दोहोरीका ५१, मसाज पार्लरका ३४, क्याबिनका ३० र खाजा घरका ३० प्रतिशत उत्तरदाताले दुर्व्यवहारको अनुभव गरेको बताएका प्रतिवेदनमा उल्लेख छ ।
मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका अनुसार ग्राहक, रोजगारदाता, सहकर्मी, पुरुष र महिला, प्रहरी, समुदायका सदस्य, श्रीमान्, प्रेमी, साथीहरू लगायतबाट दुर्व्यवहार हुने गरेको छ । यस्तै मनोरञ्जनको क्षेत्रमा काम गर्नेमध्ये ६ प्रतिशतसँग मात्रै कामको लिखित सम्झौता रहेको पाइएको छ ।
प्रतिवेदनले नेपालमा मनोरञ्जनको क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को उचित कामको परिभाषाअनुसार काम नभएको देखाएको छ । श्रम कानूनको पालना नहुँदा धेरैजसो कामदारहरू समस्यामा पर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।