आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा छानबिन समितिद्वारा अनुसन्धान शुरू
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा इरानको १८ वर्षमुनिको टोलीले लगातार तेस्रो जीत हात पारेको छ ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई तीन–शून्यको सोझो सेटमा हरायो । इरानको युवा टोलीले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले जित्यो ।
इरानको युवा टोलीले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई र दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल सङ्घलाई हराएको थियो । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आजको दोस्रो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र माल्दिभ्सको क्लब एचडीसी खेलिरहेका छन् ।
प्रतियोगितामा नेपालसहित चार देशका पाँच वटा क्लब सहभागी छन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।