प्रदेशतर्फको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम उत्कृष्ट, मधेश कमजोर

 फागुन ३, २०८१ शनिबार ९:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट र मधेस प्रदेश कमजोर देखिएको छ ।

आयोगका अनुसार सुदूरपश्चिमको ५१ दशमलव ६ अङ्क र मधेसको ३० अङ्क रहेकाे छ । कोशीले ५० दशमलव ९ , बाग्मतीले ४५ दशमलव ६, कर्णालीले ४१ दशमलव ६, गण्डकीले ४० दशमलव ८ र लुम्बिनीले ३५ दशमलव ९ अङ्क प्राप्त गरेका छन् ।

आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिने गर्छ । जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले पालिकालाई सशर्त अनुदान उपलब्ध गराए/नगराएको अवस्था, गाडी करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे/नगरेकोलगायत विषय छन् ।

यस्तै वार्षिक बजेट विनियोज तथा खर्चको स्थिति, पुँजीगत बजेट र त्यसको खर्च, राजस्व सङ्कलनको अवस्था, पालिकालाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, तोकिएको समयमा वार्षिक बजेट समीक्षा, प्रदेशको वायुको गुणस्तर, समुदायमा आधारित वन व्यवस्थापनलगायत सूचकका आधारमा मूल्याङ्कन गरिएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया