अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा र्‍याली

 फागुन २४, २०८१ शनिबार १६:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा प्रदर्शन भएको छ ।

काठमाण्डौको माईतीघर मण्डलामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (समाजवादी), नेपाल समाजवादी महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लगायतका सङ्घ संस्थाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले समान कामको समान ज्याला लागू गरौँ, महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध सङ्घर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र  दुर्व्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर नर्क सरह हुने टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनु भयो ।

पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

यस्तै मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनुभयो ।

उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनु भयो ।

महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाहगर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय ठाउँमा अझै बालविवाह बढ्दो छ । उहाँले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया