आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्...
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देशको सूचीमा परेको छ । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५’ अनुसार दक्षिण एशियाको सबैभन्दा खुशी देशमध्ये नेपाल पहिलो स्थानमा परेको हो ।
विश्वका १४७ देशमा गरिएको सर्वेक्षणमा नेपाल ५.३११ अङ्कसहित ९२औं स्थानमा परेको हो । गएको वर्षको तुलनामा नेपालले १ स्थान सुधार गरेको छ ।
नेपाल ९२औं स्थानमा, पाकिस्तान १०९औं स्थानमा, भारत ११८औं स्थानमा, श्रीलङ्का १३३औं स्थानमा, चीन ६८औं स्थानमा र बङ्गलादेश १३४औं स्थानमा रहेको छ ।
विश्वमा सबैभन्दा धेरै खुशी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौं स्थानमा नेदरल्याण्डस, छैठौं स्थानमा कोस्टारिका, सातौं स्थानमा नर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र दशौं स्थानमा मेक्सिको रहेका छन् ।
अमेरिका भने गएको वर्षभन्दा कम खुशी देशको सूचीमा परेको छ । गएको वर्ष २३औं स्थानमा रहेको अमेरिका १ स्थान तल झर्दै यस वर्ष २४औं स्थानमा आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।