भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण शुरू भएको छ । विमानस्थल नजिकैको एक विद्युत सबस्टेशनमा आगलागी भएसँगै हिजो उडान अवतरण बन्द भएको थियो ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको विमानस्थल कार्यालयका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
झण्डै २४ घण्टा विमानस्थल बन्द हुँदा यात्रुमा परेको मर्कामा विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबायले माफी माग्नुभएको छ ।
विमानस्थलमा आवश्यक बिजुलीको पूर्ण रुपमा आपूर्तिका लागि केही समय लाग्ने भएको छ । १५ वर्षमा पहिलोपल्ट हिजो हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो ।
यसअघि सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द गरिएको थियो । हिलिङडन शहरको हेसको सबस्टेशनमा आगो लागेका कारण बिजुलीको आपूर्ति रोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।