झापाबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

 चैत ९, २०८१ शनिबार १०:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापाको बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट सशस्त्र प्रहरीले १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर–१ बराह बाहिनी मुख्यालय र नम्बर–२ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा टोलीले हिजो गाँजासहित समातेको हो ।

जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित धनकुटाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ बस्ने गंगाबहादुर बस्नेत पक्राउ परेका छन् । साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा, ट्रक र पक्राउ परेका राई र बस्नेतलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया