नवलपरासीमा पानीको महत्त्व बुझाउन भजनकीर्तन
चैत ९, २०८१ शनिबार
आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै नौ हजारले आप्रवासनका क्रममा ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको ले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताउनुभयो । सन् २०२४ मा एशियामा दुई हजार सात सय ७८, अफ्रिकामा दुई हजार दुई सय ४२ र युरोपमा दुई सय ३३ जनाको ज्यान गएको थियो ।
युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार चार सय ५२ जनाको ज्यान गएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार दुई सय ३३ जनाले ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।