भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
काठमाण्डौ – महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा दीपक मल्लिक डोमको घर भत्काएको आरोप छ ।
महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । दलित परिवारलाई बस्नको लागि अलग्गै टहरो बनाइएको छ ।
३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा पाँच वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गएको फागुन १० गते गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।