३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपालको ऐतिहासिक जीत

 चैत ९, २०८१ शनिबार ६:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।

हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता प्राप्त गरेको हो । कार्कीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको  याे पनि पहिलो पटक हो ।

यस्तै नेपालले सिंगापुरलाई गोल गरेको पनि यो नै पहिलो पटक हो । यसअघि तीन खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने एउटा बराबरी भएको थियो ।

अब नेपालले एशिया कप छनोट तेस्रो चरण खेल्नेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ तारिखदेखि शुरू हुँदैछ । 
 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया