सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै पाकिस्तानसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको चौथो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई १ सय १५ रनले हरायो ।
न्युजिल्यान्डले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । पाकिस्तानका अब्दुल समादले सबैभन्दा धेरै ४४ रन बनाए । न्युजिल्यान्डका ज्याकोब डुफीले ४ विकेट लिए ।
यसअघि बे ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनायो । न्युजिल्यान्डका फिन एलेनले ५०, कप्तान माइकल ब्रेसवेलले नटआउट ४६ रन बनाए । पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।
टी–२० शृङ्खलाको पहिलो र दोस्रो खेल न्युजिल्यान्डले र तेस्रो खेल पाकिस्तानले जितेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।