सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

 चैत १२, २०८१ मंगलबार ९:३:७ | रासस
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ । गएको फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले आउँदो असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो । सम्मेलनलाई सफल बनाउन यही चैत २७ गते पूर्वलगानी तयारी सम्मेलन गर्न लागेको छ ।

हिजो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा लगानी तथा विकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पूर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानूनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानूनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिनेलगायत सम्मेलनको उद्देश्य रहेको बैठकमा मुख्यमन्त्री शाहले जानकारी दिनुभयो ।

सुदूरपश्चिम नेपालको एक समृद्ध आर्थिक सम्भावना बोकेको क्षेत्र भएता पनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी तथा दीर्घकालीन विकास परियोजनाको कमीका कारण आर्थिक वृद्धिदर अपेक्षित रूपमा हुन नसकेकाले रोजगारीका अवसर सिर्जना गर्न चुनौती देखिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया