पोखराबाट अपहरणमा परेकी अमेरिकी वृद्धाकाे मकवानपुरमा उद्धार

 चैत १४, २०८१ बिहीबार १५:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखराबाट गएको सोमवार अपहरणमा परेकी अमेरिकी महिलालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट उद्धार गरेको छ । पोखराको लेकसाइडमा रहेको एक होटलबाट अपहरणमा परेकी ७० वर्षीया वृद्धालाई हेटौँडाको नेवारपानीबाट मुक्त गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो ।

अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको छ ।

साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालमा रहेको अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको हो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया