अमेरिकी कर वृद्धिकाे सामना गर्न चीन, जापान र दक्षिण कोरिया क्...
चैत १७, २०८१ आइतबार
काठमाण्डाै – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको विज्ञापन खुलाएको छ । आयोगले आज निकालेको सूचना अनुसार सात प्रदेशमा गरी ६ सय ८८ जना शिक्षकका लागि विज्ञापन खुलेको छ ।
आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको छ । आवेदन दिन उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सामान्य परीक्षा आउँदो जेठ १७ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।