राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने क्षेत्रमा कर्फ्यू

 चैत १५, २०८१ शुक्रबार १६:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएकाे उज्यालोलाई जानकारी दिनुभयो ।

राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।

तीनकुनेमा हुने भनिएको सभा शुरू नहुँदै राजावादीहरूले प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त भएको हो । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसपछि उत्तेजित भएका प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएका हुन् ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया