पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिनुभएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई जना मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाउनुभयो । उहाँले आतङ्क फैलाउनु राजावादीहरूको चरित्र भएको तर्क गर्नुभयो ।
प्रचण्डले भन्नुभयाे, ‘तीनकुनेकाे सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी, निरङ्कुशतावादीहरूको एउटा प्रतीकजस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् । एक/दुई जना मरून् र देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरूको चरित्र हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।