पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा संसद्मा बोल्न तयार हुनुभएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आउँदो १८ गते अर्थात् सोमवार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र पर्सि आइतवार बस्ने बैठक सहज रूपमा अघि बढ्ने सहमति भएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक भने बस्दै नबसी स्थगित भएको छ । बैठक पर्सि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । त्यसअघि आज बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो सवा १ बजे बस्ने गरी संसद् सचिवालयले सूचना टाँस गरेको थियो ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल पनि गर्नुभएको थियो । तर सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भयो ।
प्रतिपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।