ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव

 चैत १५, २०८१ शुक्रबार १८:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरूले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र वैदेशिक स्रोतमा पनि कमी आइरहेको अवस्थामा संयमतापूर्वक बजेट ल्याउन विज्ञहरूले सरकारलाई सुझाएका हुन् ।

अर्थविद् डा. पोषराज पाण्डेले सरकारले पहिला प्रशासनिक क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले आर्थिक विस्तार नभएसम्म देशको विकास नहुने बताउनुभयो । बजारमा माग बढ्न नसकेको, कर्जाको विस्तार पनि हुन नसकेको उहाँको भनाइ छ ।

कोइरालाका अनुसार देश 'ग्रे लिस्ट' मा पर्दा लगानीकर्तामा संशयको स्थिति छ । पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले योजना आयोगले दिएको १९ खर्ब रुपैयाँ हाराहारीको सिलिङमा रहेर बजेट ल्याउन उपयुक्त हुने बताउनुभयो ।

पूर्वसचिव विद्याधर मल्लिकले सबै सुविधा उद्योगपतिलाई दिएको अहिलेको अवस्था सुधार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकलाई केन्द्रविन्दुमा राखेर सहुलितपूर्ण बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थसचिव मधुकुमार मरासिनीले तल्लो तहमा जाने सशर्त अनुदान पठाउन अब आवश्यक नरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया