थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

 चैत १५, २०८१ शुक्रबार १८:२५:५० | रासस
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – गएको साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फाेटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य ठाउँका हिमताल विस्फाेटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

अध्ययन टोलीका प्रतिनिधि एवम्अ न्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का भूगर्भ विज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेषगरी यसले ठूलो विनाश निम्त्याउने खतरा बढाएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया