पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – गृह मन्त्रालयले आज काठमाण्डाैकाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमार्फत राजवादीकाे प्रदर्शनमा तीनकुने क्षेत्रमा संविधानप्रदत्त विचार र अभिव्यक्तिकाे स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्व भेला हुने स्वतन्त्राकाे उपहास गर्दै हिंसात्मक गतिविधि भएकाे बताउनुभएकाे छ ।
व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत गाडीमाथि भएकाे ताेडफाेड र आगजनीका घटनाहरू गैरकानूनी र घाेर भर्त्सनायाेग्य रहेकाे विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने/गराउने कार्यका लागि प्रदर्शनका आयाेजक स्वयम् नै पूर्णरूपमा जिम्मेवार हुने मन्त्रालयले बताएकाे छ ।
यस्तै यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न जाेसुकैलाई पनि कानूनकाे दायरमा ल्याई विधिकाे शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।